Central Department of Linguistics

Kirtipur, Kathmandu, Nepal

बर्खे बिदासम्बन्धी सूचना २०८२

बर्खे बिदासम्बन्धी सूचना २०८२

2025-06-06

बर्खे बिदासम्बन्धी सूचना!

 भाषाविज्ञान केन्द्रीय विभागको विभागीय छलफलअनुसार मिति २०८२ जेष्ठ २५ गतेदेखि २०८२ आषाढ १५ गतेसम्म (जम्मा २२ दिन) यस वर्षको बर्खे बिदा गर्ने निर्णय गरिएको हुँदा सो अवधिमा स्नातकोत्तर तथा एमफिल-विद्यावारिधि तहको नियमति पठनपाठन स्थगित रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका निम्ति अनुरोध छ। तथापि, स्नातकोत्तर तह प्रथम वर्षको पाठ्यक्रम पूरा हुन बाँकी भएमा र आन्तरिक मूल्याङ्कन प्रक्रिया बाँकी रहेका खण्डमा भने आपसी समन्वयमा तोकिएको कार्य गर्न गराउन सम्बन्धित सबैमा अनुरोध गरिन्छ

२०८२ आषाढ १६ गतेदेखि विभागको नियमित अध्ययन-अध्यापन सुचारु हुने छ।

 यस अवधिमा विभागका नियमित प्रशासनिक कामकारबाही भने यथावत् सञ्चालन हुने छन्।

 

 

                                                            

 डा. कर्णाखर खतिवडा

विभागीय प्रमुख